२०७७ जेठ १ – #प्रदेश ५ मन्त्रिपरिषद वैठक निर्णयहरु

१.कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च हुनेछ ।
कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुने क्षेत्र
क.कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया
ख. बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने । ५ सय किसान लाभान्वित हुने । कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने । प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने ।
ग. व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम— दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन हुने । ७ हजार लाभान्वित हुने । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने । मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने । यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने ।
घ. कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम
यो कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने
१ सय ९ वटै पालिकामा गर्ने । व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने । प्रति किसान २० हजारका दरले सहयोग गर्ने । १० हजार ९ सय लाभान्वित हुने ।
ङ । ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड
२ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने । ६ हजार लाभान्वित हुने ।
च. दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया
दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने ।
छ. बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया । सबै जिल्लामा सञ्चालन गर्ने । २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने । प्रति बिघा २० हजार रुपैंयाका दरले दिने ।
यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने ।
२ प्रदेश स्वास्थ्य नीति—२०७७ स्विकृत
३. स्वास्थ्य नियमावली स्विकृत
४.रोल्पामा वम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने ।
५.केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्विकृति दिने
६.जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय ।
७. नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने ।
८. कोरोना विशेष अस्पतालको क्षमता बढाउने ।
बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने ।
बुटवलमा २ सय बेड थप्ने
भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने ।
बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने ।
विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने । त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation