कपिलवस्तुको विजयनगरमा झडप दुई महिला घाइते

सनिउल्ला धोबी, कपिलवस्तु जेठ ३

कपिलवस्तुको बिजयनगर गाँउपालिका वडा नं ५ महादेव गाँउमा क्वारेन्टाइन निर्माणका विषयमा झडप हुदा दुई महिला घाइते भएका छन ।

महादेव गाँउमा रहेको पुरानो स्वास्थ्य कार्यालयलाई गाँउपालिकाले क्वारेन्टाइन बनाउन जादाँ स्थानियले विरोध गरेपछी प्रहरी र स्थानिय विच झडप भएको थियो । झडपमा परि दुई महिला घाइते भएका छन । महादेव गाँउकी बर्ष ४५ की गुजराती कुर्मी र बर्ष ३५ की आमिना खातुन घाइते भएको स्थानियले बताएका छन । घाइते महिलालाई उपचारको लागि शिवराज अस्पाताल बहादुरगंज लगिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले महादेव गाँउका स्थानिय माथि लाठी प्रहर गरेको स्थानियले बताएका छन ।

https://www.facebook.com/officialujyaalopost/videos/2975527082544215

विजयनगर गाँउपालिका वडा नं ५ का अध्यक्ष अनवर मोहम्द मुसलमान र वडा नं ७ का वडाअध्यक्ष दिनेश चौधरीले जर्बजस्ती क्वारेन्टाइन बनाउनु पर्ने दबाव दिएपछी विवाद भएको थियो । यता इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले समान्य विवाद भएको बताउनु भएको छ । निरिक्षक नेपालले प्रहरीले लाठी प्रहार नगरेको भन्दै प्रहरीको बचाउ गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation