कपिलवस्तु जिल्ला अस्पतालकी काेराेना पोजेटिभ भनिएकी स्टाफ नर्सको स्वाब परीक्षण रिर्पोट नेगेटिभ

कपिलवस्तु
कपिलवस्तु । कोरोना संक्रमण भएको भनिएकी कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्सको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयले जेठ १ गते र ४ गते संकलन गरि पठाएको स्वाब परीक्षणको दुवै रिर्पोट नेगेटिभ रहेको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर वन्जाडेले बताए ।

कपिलवस्तु अस्पतालको आईसुलेसन वार्डमा निगरानीमा रहेकी स्टाफ नर्सलाई थप केही दिन निगरानीमा राखिने डा. वन्जाडेले बताए । अस्पतालमा सेवारत स्टाफ नर्समा कोरोना संक्रमित देखिए पछि अस्पतालका चिकित्सकहरुको टोलीले स्टाफ नर्सलाई कपिलवस्तु अस्पतालको आईसुलेसन वार्डमा राखी निगरानी तथा उपचार शुरु गर्दा स्थानीय स्तरमा केही विरोधका स्वरहरु सार्वजनिक भएका थिए ।

अस्पतालमा सेवारत कर्मचारीलाई अस्पतालमै स्थापना गरिएको आईसुलेसन वार्डमा चिकित्सकहरुकै सल्लाह अनुसार उनी उपचारत तथा थप निगरानीमा थिईन् । अन्नत स्टाफ नर्सलाई अस्पतालकै आईसुलेसन वार्डमा राखी उपचार शुरु गर्ने चिकित्सकहरुले गरेको निर्णय र कार्यशैली उपयुक्त रहेको पुष्टि भएको छ ।

sajhanews बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation