रिसौईन शान्ति बिहार वा रेहरा स्वास्थ्य चौकीमा आईसोलेसन सेन्टर बनाउ, महिला तथा बालबालिकाको भवन लागि उपयुक्त छैन् : नगरपालिका

ताैलिहवा जेठ ८,

कपिलवस्तु नगरपालिकाले वडा नम्बर ३ चपरतल्ला स्थित तत्कालीन महिला तथा बालबालिका काार्यलयको भवनमा आईसोलेनन सेन्टर संचालन गर्न उपयुक्त स्थान नभएको भन्दै अन्य स्थानमा सेन्टर संचालन खडा गर्न प्रशासनसंग आग्रह गरेको छ ।

महिला तथा बालबालिको भवनमा १० जना पनि राख्न मुस्किल पनै भएकाले त्यसको सट्टा अन्य ३ स्थानमा आईसोेलन र क्वारेन्टाईन बनाउन प्रशासनलाई आग्रह गरिएका हो । मेयर किरण सिंहले प्रशासन कार्यालयलाई पत्राचार गर्दै त्यसको सट्टा नगरपालिका– ३ स्थित रिसाईन शान्ति बिहार वा नगरपालिका वडा नम्बर ११ रहेरामा रहेको स्वास्थ्य चोकीमा आईृृृृृृृृृृृृृृृृसोलेशन सेन्टर सचालन गर्दा राम्रो हुने बताए । यस्तै कपिलवस्तु बहुमुखी क्याम्पसमा ब्यस्थित क्वारेटाइन बनाउनु पर्ने उनले बताए । सो बिषयमा सुखरामपुरका स्थानीइबासीले समेत महिला तथा बालबालिकाकोे भवन आईसोलेशनकालागि उपयुक्त नभएको भन्दै कपिलवस्तु नगरपालिकामा ज्ञापन पत्र दिएका थिए ।

१ सय ११ जनको हस्ताक्षर रहेको ज्ञापन पत्रमा दुई तले भवनमा कोठाको संख्या समेते कम भएकोले उपयुक्त नभएको उल्लेख गरे । सो भवन लिडो नामक संस्थामा भाडामा दिने गरी संझौता गरिएको छ । यस्तै सो भवनमा नगरपालिका कर्मचारी समेत बस्ने गरेका छन ।

लकडानउका बेला उनीहरुलाई पनि एकतर्फी रुपमा हटाउन नहुने स्थानीयले बताए । यस अघि प्रशसन कार्यालयले सो भवन सहीत जिल्लका बिभिन्न ५ स्थानमा गरी ढाई सय बेडको कोरोना सेन्टर संचालन गर्नै निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation