कपिलवस्तुका दुई पत्रकार सहित ९ जनामा कोरोना संक्रमण

जेठ ९, कपिलवस्तु ।
कपिलस्तुमा शुक्रबार २ पत्रकार सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।
दुईजना पत्रकार मध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका पुरूष हुन् । पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत रहेका उनले एक अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दै आएका छन् ।
र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन्। उनी वाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी हुन् ।

दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी उनीहरूको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालले बताए । दुबै जनालाइ अाइसोलमा राखी उपचारका लागी लग्ने तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation