स्वास्थ्य संयोजकलाई आइसोलेसन वार्डमा निषेधको प्रचा आवेशमा अध्यक्षः थापा

कपिलवस्तु जेठ १०,

बिजयनगर गाउपालिकाले बनाएको आइसोलेसन अस्पतालमा स्वास्थ्य संयोजकलाई निषेध गर्न प्रचा टास गरिएको घट्ना कामको तनाव र आवेशले हुन गएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भएको छ ।
अध्यक्ष थापाले गाउँपालिकाको तर्फबाट एक प्रेस बिज्ञप्ती जारी गर्दै पालिकाका स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारी एंव कर्मचारीको प्रतिष्ठामा आच पुर्याउन नभई कामको तनाव र आबेशका कारणले हुन गएको सो घटनाले आफुलाई दुःखी गराएको बताउनु भएको हो ।
कोराना संक्रमण बढदै गएका कारण जिल्लाको विभिन्न स्थानिय तहमा २५० बेडको आइसालेसन अस्पताल बनाउने निर्णय अनुरुप विजयनगर गाउंपालिकाले पनि वडा ७ अवस्थित आयुर्वेद अस्पतालमा २५ बेडको आइसोलेसन वार्ड बनाएको छ । सो अस्पतालमा संक्रमितलाई नियमित चेक जाँचका लागि गाँउपालिकाका स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारीलाई जिम्मा दिएपनि समय दिन नसकेकाले वडा ७ का वडाध्यक्ष दिनेश चौधरीले आइसोलेसन अस्पतालमा नआउन पम्प्लेट टांस गर्नु भएको थियो । यी घटनाक्रम जन प्रतिनिधि र कर्मचारीबीचको आपसी समन्वयको अभावले हुन गएकाले कार्यपालिका बाट निर्णय गरि पछि यस्ता घटना नदोहोर्याउन नसिहत दिदै विजयनगर गाउंपालिका अध्यक्ष गोपाल बहादुर थापाले प्रेस विज्ञप्ति जारी गरेका हुन । विज्ञाप्तिमा कोरोना संक्रमण रोकथाममा सबै जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडि बढ्ने आग्रह समेत गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation