दुई पालिकाको संयुक्त लगानीमा आईसुलेसन सेन्टर संचालन


तौलिहवा, कपिलवस्तु जेठ ११

कपिलवस्तु नगरपालिका र यसोधरा गाउँपालिकाको संयुक्त लगानीमा कपिलवस्तु नगरपालिका वार्ड ११ रहेरा स्थित स्वास्थ्य चौकीमा ५० बेडको आईसोलेशन सेन्टर संचालन गरिएको छ ।
जिल्लामा कोेरोना संक्रमितको दिन प्रति दिन बढ्दै जना थाले पछी दुई पालिकाको संयुक्त लगानीमा ब्यवस्थित आईसोलेसन सेन्टर संचालन गरिएको हो ।
् शनिवार साँझ कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिह र यशोधरा गाउपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेले संयुक्त रुपमा सेन्टरको उदघाटन गर्नु भएको थियो । सेन्टरमा १६ कोठा र एउटा हल छ । सो अवसरमा नगर प्रमुख सिंहले कोरोना संक्रमितको संख्या बढे पछि उनीहरुको निगरानी र उपचारकालगि सेन्टर निर्माण गरिईको बताउनु भयो ।
‘आइसोलनेशन बेडको अभावमा संक्रमितहरुलाइ बुटवल भैरहवा पठाउदा त्यहा बेड खाली नहुंदा समस्या परेको उहाँले बताउनु भयोे ‘ अब भने संक्रमितलाई राख्न सहज भएको छ ’ । यस अघि बेड अभावले नगरपालिकामा भेटिएका नौ जना संक्रमित बुटवल स्थित कारोना अस्पताल पठाईएको थियो । यस्तै यशोधरा गाउपालिका प्रमुुुुुुुुुुुुुुुुुुुख पाण्डेयले आफ्नोे पालिकामा उपयुक्त स्थान नभएकाले कपिलवस्तु नगरपालिकासंग सहकार्य गरिएको बताउनु भयो । उहाँले आवश्यक्ता अनुसार बेडको संख्या थपिदै जाने बताउनु भयो ।
यशोधरामा पनि १२ जना भेटिएका संक्रमति बुटवल पठाइएको थियो । उदघाटन कार्यक्रममा वडाध्यक्ष राम गोपाल यादव, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गरै, वडा नम्बर ८ का अध्यक्ष शिवकुमार पाण्डे, समाजसेबी लराम जमसेद खाँ, बलराम तिवारी लागायतको सहभागीता थियो । जिल्लामा ८० जना संक्रमित भेटिएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation