दैलेखमा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

सुर्खेत १७ जेठ, दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष रहेका छन् ।उनकको शनिबार बिहान दुल्लुस्थित विद्युत अफिसमा निर्माण गरिएको क्वारेन्टिनमा मृत्यु भएको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।माजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीका अनुसार उनको स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । शनिबार साँँझसम्म उनको रिपोर्ट आउने डा। तिवारीले जानकारी दिए ।नगरप्रमुख भण्डारीका अनुसार शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको हो । ‘चिया खाइसकेपछि हिँडिरहेका बेला एक्कासी ढल्नुभएछ, त्यसको १० मिनेटमै मृत्यु भएको हो,’ उनले भने ।नगरप्रमुख भण्डारीका अनुसार दश दिन अगाडि भारतबाट फर्किएक उनी क्वारेन्टिनमा बस्दै आएका थिए ।

प्रेसपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation