नेकपा महराजगंज अध्यक्ष जयसवालद्धारा स्वास्थ्य समाग्री वितरण

कपिलवस्तु कपिलवस्तुको महराजगंज नगरपालिकाको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष विजय जयसवालले नगरपालिका भित्रका विभिन्न क्वारेन्टाईनमा रहेका १० जना स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट वितरण गरेका छन । नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई सुरक्षा समाग्री नदिए पछि आफुले दिएको जयसवालले बताएका छन ।महराजगंज नगरपालिकामा यस्तो विपद्को समयमा पनि पार्टी र गुटको स्वास्थ्यकर्मी हेरिरहेकोले १० जना स्वास्थ्यकर्मी जो अग्रपंक्तिमा काम गरिरहेका छन उनीहरुलाई पिपिई सेट दिएको बताएका छन । त्यस्तै नगरपालिकाको विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई मास्क, सेनिटाईजर, मच्छरधुप, साबुन र चाउचाउ वितरण गरेका छन । नगरपालिकाको भलवारी, बलरामवापुर, बराईपुर, उदयपुर, कजरहवा र महराजगंजको विभिन्न क्वारेन्टाईमा समाग्री उपल्ब्ध गराएको जयसवालले बताएका छन । अगामी दिनहरुमा पनि स्वास्थ्यकर्मी तथा क्वारेन्टाईनमा यस्तै सहयोग गर्ने बताएका छन । नगरपालिका निरिही रहेको अवस्थामा विभिन्न कार्य आफुहरुले गरिरहेको बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation