अचानक आएकाे बाढीले कपिलवस्तुमा २ ट्याक्टर डुबायाे

कपिलवस्तु – नदीमा अचानक बाढी आए पछि कपिलवस्तुमा २ ट्याक्टर डुबेका छन् । कपिलवस्तु बुद्धभुमी १० को रामघाट नदीमा बिहान १० बजे बालुवा लोड गर्न आएका थिए । बुद्धभुभी ६ महुवाका रोशन अलि मुसलमानको र महाराजगन्ज नगरपालिका ३ उनौलियाका राज बहादुर चौधरीको ट्र्याकटर डुबेको थियो ।
खोलाका ठेकेदारले बाढी आउने सम्भावना छ नजान भन्दा भन्दै जबरजस्ती गएको स्थानीयले बताए । सुरुमा पानी कम थियो लोड गर्दा अचानक बाढी आएको थियो । खोलाबाट निकाल्न खोज्दा ट्र्याकटर फसे पछि कामदार भागेका स्थानीय देवराज पाण्डेले बताए । दिउसो ६ बजे एक्स्काभेटर प्रयोग गरी ट्र्याकटर निकालेको ठेकेदार प्रमोद यादवका प्रतिनिधिले बताए ।  

प्रेसपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation