भुलिएको’ बाँके दुर्घटनाका पाँच कारण

काठमान्डाै- त्यो खबर सुनेर पूरै नेपाल केही बेर अत्तालियो र दु:खी बन्यो। घटनास्थलको तस्बिर हेर्ने मानिस स्तब्ध भए, विचलित बने।कोभिड-१९ को विश्वव्याधिबाट ज्यान जोगाउन ३० जनाभन्दा बढी नेपाली युवा उत्तर भारतका विभिन्न सहरबाट चर्को गर्मी, भोकप्यास र अनेकन हन्डर खाएर नेपाल भित्रिएका थिए। उनीहरू गएको आइतबार राति बा५ख ५९९५ नम्बरको गाडीमा नेपालगन्जबाट सल्यान जाँदै थिए।त्यसै रात बाँके, राप्तीसोनारीको ठुरिया जंगलमा ट्रकसँग जुधेर उनीहरूको गाडी दुर्घटना भयो। बाह्र जनाले ज्यान गुमाए, २१ जना घाइते भए।नेपाल भित्रिएलगत्तै ‘ठगिएका’ र त्यसपछि हृदयविदारक दुर्घटनामा ‘मारिएका’ वा गम्भीर घाइते बनाइएका ती ३० होनहार नेपाली युवाको दारुण कथालाई यतिबेलासम्म सम्भवत: पीडित पक्षबाहेक पूरै नेपालले बिर्सिइसकेको छ। नेपालमा यो वा यस्तो खाले खबर नौलो होइन। न यो पहिलो हो, न अन्तिम हुनेवाला छ। बाँकेको यही घटनापछि पनि नेपालमा थप सडक दुर्घटना भइरहेकै छन्। नेपालमा सडक सुरक्षित बनाउन र दुर्घटना रोक्न पर्याप्त काम हुन सकेको छैन। अढाई महिनादेखि जारी लकडाउन कोभिड-१९ फैलिन नदिन लगाइएको हो। यस्तो बेला सडक सुरक्षा व्यवस्था झनै कमजोर छ। दैनिकजसो सडकमा मानिसको अकाल मृत्यु भइरहेको छ। टार्न वा रोक्न सकिने दुर्घटनामा परेर मानिसहरू घाइते वा अंगभंग हुने अवस्थामा पुगेका छन्।कोभिड-१९ कारण नेपालमा अहिलेसम्म १३ जनाको ज्यान गएको छ। तर, लकडाउन सुरू भएयताका सडक दुर्घटनामा मात्र दैनिक सरदर दुई जनाको ज्यान गइरहेको र कैयन घाइते भइरहेको ट्राफिक प्रहरीको भनाइ छ।केही दिनअघि जेठ ११ गते टोखाको चिल्लो नयाँ सडकमा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुवै चालकको मृत्यु हुन पुग्यो। मोटरसाइकल पछाडि सवार एक जना गम्भीर घाइते भए।जेठ १३ गते भक्तपुरमा चौडा सडकबीच उभिएका एक प्रहरी अधिकारी नै तीव्र गतिमा कुदाइएका सवारीको ठक्करले गम्भीर घाइते हुन पुगे। उपचार क्रममा उनको मृत्यु भए।यही स्टोरी लेख्दालेख्दै मकवानपुरमा ठूलो गाडीको ठक्करबाट एक स्कुटरचालक युवाको ज्यान गएको खबर प्राप्त भयो।

बाँके दुर्घटनाका पाँच कारकसञ्चार माध्यममा आएका विवरण र स्थानीय अधिकारीहरूको भनाइ पत्याउने हो भने बाँके दुर्घटनाका पछाडि पाँच कारण छन्:पहिलो, मध्यरात हुनै लाग्दा लकडाउनको घनघोर अवज्ञा हुनु र भर्खरै नेपाल भित्रिएका युवा सोझै गाउँ फर्किने वातावरण बन्नु, दोस्रो, चार गुणाभन्दा बढी भाडा लिएर क्षमताभन्दा दोब्बर बढी यात्रु बोक्नु,तेस्रो, चालकद्वारा मादक पदार्थ सेवन गर्नु,चौथो, अत्यन्त तीव्र गतिमा पूर्व-पश्चिम राजमार्गको कोहलपुर-दाङ खण्डमा सवारी चलाउनु,र पाँचौं, यति धेरै नियम कानुनको ठाडो उल्लंघन हुँदा पनि प्रहरी, प्रशासन, स्थानीय तह र बाँके राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीसमेत पूरै बेखबर हुनु, कसैले पनि लकडाउन तथा सडक नियम उल्लंघन भएको चालै नपाउनु।त्यो भयानक दुर्घटनामा परेर भाग्यले बाँचेका घाइतेहरूका अनुसार, मदिराले लठ्ठ चालकले बाँके निकुञ्ज क्षेत्रको राजमार्गमा यति तीव्र गतिमा गाडी कुदाएका थिए, सडकमा रोकिइराखेको मालवाहक ट्रकभित्र सिधै जोतिन पुग्यो। ट्रक करिब ४५ मिटर परसम्म धकेलिएको थियो।यति धेरै नियम अवज्ञाबीच हुने यातायात दुर्घटनालाई विकसित देशमा भइदिएको भए ‘म्यानस्लटर’ मुद्दा लगाउँदै गम्भीर हत्या अपराध ठानिन्छ। चालक र सरोकारवाला सबै पक्षलाई कानुनअनुसार दण्ड दिइन्छ।दुर्भाग्य, बाँके दुर्घटनामा परेका ती चालकले पनि दुर्घटनामा ज्यान गुमाए। त्यो दुर्घटनामा सानो विमान वा हेलिकप्टर जोडिएको भए पनि विज्ञ सामेल जाँचबुझ र छानबिन आयोग गठन भइसक्थ्यो। बाँकेमा भने प्रशासनले ‘कमजोरी भएको’ स्वीकार गर्नुबाहेक अरू केही गरेको छैन।भातभुंग सपनाहरूकोभिड-१९ बाट बच्न भारतको सिम्ला, चण्डिगढजस्ता सहरबाट नेपाल घर फर्किएका युवाहरू आफूले कमाएको सबै रकम सवारी भाडामा ‘लुटाएर’ अकाल मृत्युको मुखमा पुगेका छन्।बिरामी बुबा हेरचाह गर्ने’ र ‘टिनको घर भत्काएर नयाँ बनाउने’ जस्ता कैयन सपना निमेषभरमै भताभुंग भएका छन्।उनीहरूलाई पर्खिएर बसेका परिवारजन तथा साथीभाइ सबै शोकमा डुब्न बाध्य भएका छन्।ट्राफिक प्रहरीका अनुसार, नेपालमा लगभग ७० दिनअघि लकडाउन सुरू गरिएपछि पनि सवारी दुर्घटनामा कुनै कमी आएको छैन। देशैभर लगभग सबै सडक खाली हुँदा ट्रक, टिपर, एम्बुलेन्स, माइक्रोबस, कार, मोटरसाइकल सबैले गतिसीमा उल्लंघन गर्ने क्रम बढेको छ।फलस्वरूप, लकडाउनको सन्नाटामा प्राय: सुनसान रहने सडकमा हुने दुर्घटनामा दैनिक सरदर दुई जनाको ज्यान गइरहेको नेपाल प्रहरीको भनाइ छ।ब्रिटेनको युनिभर्सिटी अफ वेस्ट इङ्ल्यान्डमा चोटपटकसम्बन्धी अनुसन्धान गरिरहेका नेपाली शोधकर्ता पुष्पराज पन्तको अनुमानमा नेपालमा लकडाउन अवधिमा जेठ मसान्तसम्म सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २०० पुग्ने संकेत देखिएका छन्।बाँके दुर्घटनापछि उनले फेसबुकमा लेखेका छन्, ‘अहिलेको यस कोरोना भाइरस, व्यक्तिगत दुरी, संक्रमण रोकथाम, लकडाउनको समय एउटा भ्यानमा ३५ जना चढाउन कुन प्रशासनले किन अनुमति दियो? अविलम्ब छानबिन गरी अनुमति दिने जोसुकैलाई राजा महेन्द्रको पालाको संक्रामक रोग ऐन २०२० अनुसार गणतन्त्रमा कारबाही होस्। मानिसको ज्यान जोखिममा कसैले पार्न पाइँदैन।’लकडाउनअघि झनै धेरै क्षतिलकडाउन नभएको सामान्य अवस्थामा नेपालमा सडक दुर्घटनामा दैनिक सात जनाको ज्यान जाने गरेको थियो। यहाँ सडक दुर्घटना र त्यसबाट हुने क्षति यति सामान्य छ, त्यसलाई केही सरकारी निकाय र केही सचेत नागरिकबाहेक कसैले गम्भीरतापूर्वक लिएकै देखिँदैन।कमजोर सडक सुरक्षा, अज्ञानता र भएका नियम-कानुनको कार्यान्वयन फितलो हुने क्रम जारी रहेकाले दुर्घटनामा ज्यान गुमाउनेको संख्या वर्षैपिच्छे बढिरहेको छ।गत वर्ष नेपालमा सडक दुर्घटनामा करिब २,८०० जनाको ज्यान गयो। हजारौं घाइते भए भने सयौं अंगभंगको अवस्थामा पुगे। त्योभन्दा अघिल्लो वर्ष सडकमा मृत्युवरण गर्ने नेपालीको संख्या केही सयले कम थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation