आर्या बचतद्वारा ३ महिनाको ब्याज तथा हर्जाना छुट

तौलिहवा- कोरोना महामारीको कारण गत चैत्र ११ गते देश लकडाउन रहेको छ । लक डाउनको कारणले नागरिकहरुको आर्थिक अवस्थामा चौपट भएको अवस्थामा कपिलवस्तुको तौलिहवा स्थित आर्या बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ग्राहकहरुको ३ महिनाको हर्जाना रकम मिनाहा गर्ने भएको छ ।
लकडाउनका कारण ग्राहकहरुको व्यापार व्यवसाय बन्द भएको हुनाले सोमबार बसेको संचालक समितिको बैठकबाट चैत्र, बैशाख र जेठ मसान्त सम्मको सम्पूर्ण हर्जाना रकम मिनाहा गरिने संस्थाका अध्यक्ष प्रकाश घिमिरेले बताए ।
अषाढ १० गते सम्म तीन महिनाको एकमुष्ठ ब्याज रकम जमा गर्ने ग्राहकलाई ब्याजको २ प्रतिशत रकम मिनाहा गर्ने तथा मूलधनको ५० प्रतिशत रकम बुझाएम, ब्याजमा ४ प्रतिशत छूट दिने संस्थाका प्रबन्धक शुभम श्रेष्ठले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation