असार १ देखि सरकारी कार्यालय खुल्ने

काठमाडौँ — असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।बुधबारको मन्त्रिपरिषद् बैठकले पसलहरु खोल्न दिने तथा काठमाडौं उपत्यकालगायतका कोरोना भाइरसको संक्रमण कम देखिएका क्षेत्रमा जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।त्यस्तै सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नियमित परीक्षा पनि नगर्ने निर्णय गरेको छ । यस वर्ष एसईईको नियमित परीक्षा नगरी आन्तरिक मूल्याङ्कन हुने भएको छ ।अबेर सकिएको मन्त्रिपरिषद्‍ बैठकका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबारमात्रै निर्णयबारे जानकारी दिने बताइएको छ ।

साभार इकान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation