शिवरात्रिका दिन यी क्षेत्रमा सवारी चलाउन नपाइने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्व केन्द्रित ट्राफिक व्यवस्थापन योजना तयार पारेको छ।

पशुपतिनाथमा आउने दर्शनार्थीको आगमनलाई सरल, सहज बनाउन व्यवस्थित ट्राफिक योजना तयार गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए। ट्राफिक व्यवस्थापन गर्न यस क्षेत्रमा ५ सय प्रहरी खटिने उनले बताए।

एयरपोर्ट हुँदै पशुपति मन्दिरतिर आउने सवारी साधनको यात्रा तिलगंगासम्म मात्रै हुनेछ। त्यस्तै नक्साल कालोपुल हुँदै आउने सवारीसाधनलाई सिफल चौरदेखि रोक लगाइने छ।

जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधन गुहेश्वरीसम्म आउन सक्नेछन्। योजनाअनुसार सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वरलगायतका स्थानहरुबाट गौशाला क्षेत्र प्रबेशमा सवारीसाधनलाई रोक लगाइने भएको छ।

तीनकुनेबाट गौशाला, मित्रपार्क हुँदै चाबहिलतिर आउने मालबाहक सवारी साधनहरुलाई भने तिनकुनेमै रोकिनेछ। ट्राफिक प्रहरीले सवारी अवरोध हुने भएकाले यात्रुहरुलाई गन्तव्यका लागि समयमै निस्कन, वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ।

पशुपति क्षेत्रभित्र जुनसुकै सवारीसाधन निषेध गरिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation