मर्कामा सेवाग्राहीः शाखा प्रबन्धकमा कोरोना देखीपछी १० दिन देखी बैकं बन्द

तौलिहवा- राष्ट्रिय बाणिज्य बैक तौलिहवा शाखा १० दिन देखि बन्द, असारको बेला समेत लामो सयम र्बैक बन्द हुदा सेवाग्राहीहरु मर्कामा परेका छन् । शाखा प्रबन्धकमा कोरोना पुष्टि भए पछि १० दिन अघि देखि बन्द गरिएको राष्ट्रिय बाणिज्य बैंक तौलिहवा शाखा हाल सम्म संचालनमा नआउदा सेवाग्राहीहरु मर्काम परेका छन् ।
गत जेठ २५ गते बैक प्रबन्धकमा कोरोना पुष्टी भएको थियो । सोही कारणले बाणिज्य बैकको प्रदेश कार्यालय नेपालगंजले एक सुचना जारी गरी बैक अनिश्तिकालकालागि बन्द गरेको थियो । चालु आर्थिक बर्षको अन्तिम महिनामा यसरी १० दिन बढी देखि बैक बन्द गरिदा सरकारी, गैर सरकारी, ब्यापारी, सर्वसाधारण मर्कामा परेका छन । सदरमुकाम तौलिहवामा रहेको सरकारी कार्यालयहरुको खाता यही बैकमा छन । यस्तै उपभोक्ता समिति,बिभिन्न सघ ससंथाको खाता समेत यही र्बैकमा छ । असार महिना धान रोप्ने सिजन हो । कृषकलाई यो सयममा बिउ, मल, सिचाई, जोताई, मजदुरकालागि रकम चाहिने गर्छ । जिल्लाको सबै भन्दा बढी ग्राहक रहेको सदरमुकाम तौलिहवामा रहेको बाणिज्य बैंक लामो सयम देखि बन्द गरिदा कृषकहरु झन मर्कामा परको नेपाल किसाान संघका जिल्ला अध्यक्ष चुर्तुभुजमणि त्रिपाठीले बताउनु भएको छ । ‘प्रबन्धकलाइ कोरोना लागेकै कारण असारको बेला यसरी १० दिन बढी देखि बैक बन्द गर्नू राम्रो कुरा होईन’ उहाँले भन्नु भयो । उहाँले सरोकारवाला निकायले चाडै बैक खोल्ने प्र्रबन्ध मिलाउनु पर्ने माग समेत गर्नु भएको छ । बैंकमा रकम झिक्न आउने ग्राहकहरु दिनहु निराश बनेर फर्कने गरेका छन । उद्योग बाणिज्य सघ तौलिहवाका अध्यक्ष गयादीन कुर्मीले असारको महिनामा यसरी लामो सयम बैक बन्द गर्दा धेरै ग्राकहरु समस्यामा परेकोले बैक चाडो खोल्नु पर्ने माग गर्नु भएको छ ।
सेल्फ आईसोलेशनमा बैकको भवनमा बसेका संक्रमित प्रबन्धकले बैकको प्रदेश कार्यालयको निणर्य अनुसार बैक बन्द भएको बताउनु भएको छ । अझै आफ्नो र कर्मचारीहरुको स्वाब संकलन समेत नभएकाले बैक कति दिन बन्द हुने हो आफुलाई थाहा नभएको बताए । लकडाउन कारण बैक लामो सयम देखि बन्द थियो । प्रशसनको निर्णय अनुसार गत जेठ १८ देखि बैक संचालनमा आएको थियो । त्यसको एक हप्ता पछि फेरी बैक बन्द भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation