प्रधानमन्त्री मोदीद्वारा बोलाइएको सर्वदलिय बैठकमा २० दल सहभागी हुने

छिमेकी देश भारतमा चीनसँगको विवादका विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको बैठकमा भारतका २० दल सहभागी हुने जनाइएको छ । बैठक शुक्रबार बेलुका पाँच बजे शुरु हुने प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । केन्द्रिय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नन्दलगायत पनि बैठकमा सहभागी हुने भएका छन् ।
श्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री मोदीको सिफारिसमा भाजपाका पूर्व अध्यक्ष सिंहले बिहीबार पार्टीका नेताहरुलाई निमन्त्रणा गरेका थिए ।
राष्ट्रियतासंग सम्बन्धित संवेदनशील र महत्वपूर्ण विषयमा पनि सरकारले पर्याप्त चासो र सक्रियता नदेखाएको र अन्य पार्टीहरुसँग छलफल तथा सहकार्य गर्न नखोजेको भन्दै आलोचनापछि उक्त बैठक आयोजन हुन लागेको छ । विषेश गरी आम आद्मी पार्टी, आरजेडीलगायतका पार्टीले दबाव दिएपछि सर्वदलिय बैठक बस्न लागेको समाचारमा जनाइएको छ । यही जुन १५ देखि १६ तारिख सम्ममा लद्दाखस्थित ग्वालन भ्यालीलीमा दुई देशका सैनिकहरुका बीचमा झडप भएको र भारत तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको थियो ।सो झडपका क्रममा भारतीय सेना तर्फका कोही पनि बेपत्ता भने नभएको पनि भारतीय सेनाले स्पष्ट पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation