कोरोना संक्रमित दिल्लीका स्वास्थ्य मन्त्री जैनलाई आइसीयूमा सारियो

काठमाडौं – कोरोना भाइरसबाट संक्रमित भएका दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई आइसीयूमा सारिएको छ ।म्याक्स अस्पतालमा उपचारारत ५५ वर्षीय जैनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयूमा सारिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।बुधबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका जैनलाई निमोनिया पनि भएको समाचार उल्लेख छ।आइतबार मात्र मन्त्री जैन कोरोना भाइरसको अवस्थासम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation