ट्याक्टरको ठक्करबाट दाङमा प्रहरी जवानको मृत्यु

असार ७,दाङ : ट्याक्टरले मोटरसाइकलाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका १४ का २७ वर्षका मोटरसाइकल चालक प्रहरी जवान जितेन्द्र चौधरी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।  आइतबार दिउँसो १२ बजेतिर तुलसीपुरबाट दंगीशरण गाउँपालिका १ रामपुरतर्फ गइरहेको लु५८प १८४३ नम्बरको मोटरसाइकलाई विपरीत दिशाबाट आइरहेको रा१त ७५७ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। 
तुलसीपुर २ कुमालगैरीमा भएको दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचार क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा करिब १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए।  चौधरी इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत रहेका प्रहरीले बताएको छ। चौधरी दंगीशरण गाउँपालिका १ रामपुरस्थित ससुरालीमा जाँदै थिए। ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation