कपिलवस्तु र रुपन्देहीका १ सय ९२ बिपन्न परिवारलाई माहुरी होमद्धारा राहात वितरण

ताैलिहवा- तौलिहवा कोभिड १९ (कोरोना) महामारी रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण दैनिकी गुर्जान मुस्किल परिरहेका १ सय ९२ जना परिवारलाई मधेश मानव अधिकार माहुरी होमले राहात वितरण गरेको छ । कपिलवस्तु जिल्लाका ९१ र रुपन्देही जिल्लाका १०१ गरि १ सय ९२ परिवारलाई माहुरी होमले डिफआईडी र भिएसओ नेपालको सहयोगमा राहात वितरण गरेको हो ।
सोमबार रुपन्देही जिल्लाको मायादेवी वार्ड ०६ का २८, कोटहीमाई गाउँपालिकाको वार्ड ५ का ४४ जना मर्चवारी गाउँपालिका वार्ड ०३ का २९ जना गरि १ सय १ जना परिवार र मंगलबार कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न.१ का २१, शुद्धोधन गाउँपालिका वडा नं.५ का ३३ र कपिलवस्तु नगरपालिकाका ३७ घरपरिवारलाई राहत वितरण गरिएको मधेश मानव अधिकार गृह अन्तरगत सहज परियोजनाका परियोजना संयोजक बिना चौधरीले जानकारी दिनु भयो ।
डिफआइडीको आर्थिक सहयोग भिएसओ र अर्लट ईन्टरनेश्नलको सहकार्यमा संचालित सहज परियोजनाको कार्यक्षेत्र रहेका क्षेत्रहरुमा राहात वितरण कार्यक्रम गरिएको माहुरी होमका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठले बताउनु भएको छ । बिशेष लकडाउनले गर्दा अति गरिब,विपन्न,एकल महिला तथा अपाङ्गता भएको व्याक्तिहरुलाई प्रमुख प्राथमिकतामा राखेर राहात वितरण गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनु भयो । समयमा राहत नपाउदा भुखमरीको कगारमा पुग्न लग्द कपिलवस्तुमा ९१ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
राहतमा प्रत्येक परिवारलाई ३० केजी चामल, ३ केजी अरहर दाल, ४ केजी चीनी, २ लिटर धारा तेल, २ केजी नून, ४ वटा नुहाउने साबुन वितरण गरिएको थियो । वितरण कार्यक्रममा गरिएको सामाजिक परिक्षण अनुसार प्रत्येक परिवारलाई गरि ३ हजार ५ सय २७ रुपैया बराबरको राहात वितरण गरिएको थियो । वडा कार्यलयहरुको समन्वय र स्थानिय जन प्रतिनिधीहरुको रोहबरमा राहत बितरण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation