प्रदेशको बित्त स्थानिय तहमा हस्तान्तरण :कपिलवस्तुमा आयोजना र बजेट कहाँ कति ?

बिकास थापा कपिलवस्तु १३ असार– कोभिड १९ को महामारीको सक्रंमणबाट प्रदेशको आर्थिक गतिबिधिमा पर्नसक्ने असर र प्रभाब न्यूनिकरण गर्दै आगमी आर्थिक बर्षको बिकास कार्यक्रम प्रदेश ५ ले तर्जुमा गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत संघ ,प्रदेश र स्थानिय तहको कार्यजिम्मेवारीमा पर्ने बिकास तथा आयोजनाको बर्गिकरण तथा बाडँफाडँ मापदण्डको अधिनमा रही छनौट गरिएको आयोजना तथा कार्यक्रम गरिएको छ । प्रदेशका १२ वटै जिल्लामा प्रदेश सरकारबाट आगामी आर्थिक बर्ष २०७७/७८ का लागि स्थानिय तह बित्त हस्तान्तरण तर्फका आयोजना तथा कार्यक्रम छनौट गरिएको छ । यसैसन्दर्भमा कपिलवस्तुका जिल्लाका १० वटै स्थानिय तहमा पनि बिभिन्न बिकास कार्यक्रम अन्तगर्त आयोजना र बजेट आएको छ । 
बाणगंगा नगरपालिका :
जिल्लाको बाणगंगा नगरपालिकाका लागि प्रदेश सरकारबाट बित्त हस्तान्तरण तर्फका १८ वटा योजना तथा कार्यक्रम छनौट भएका छन । जस अन्तगर्त समानिकरण अनुदान तर्फ ६२ लाख ७८ हजार बजेट छुट्र्याएको छ । यस्तै साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान तर्फ १७ लाख ५० हजार ,कोभिड प्रभावित भई गाउँ फर्किएका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदानका लागि २० लाख , एक स्थानिय तह एक उत्पादन कार्यक्रमका लागि १७ लाख ,कार्यक्रम कार्यान्वयनका लागि कृषि पशुपन्क्षी अधिकृत जनशक्ति सेवा करारका लागि ४ लाख रकम ,पालिका कोशेली घरका लागि १० लाख रकम छुटईएको  छ ।
 यसैगरि बाणगंगा एफएमको छत ढलान निर्माण , बाल माबि बैरिया ,दुर्गा भवानी आधारभूत बिद्यालय वडा नं ३ , सिद्धार्थ क्याम्पस बुंची ,श्री माबि झण्डा वडा नं ५ ,जनज्योति माबि वडा नं ७ ,सूर्योदय आधारभूत बिद्यालय चप्पर गाउँ ,आदर्श आधारभूत बिद्यालय वडा नं ११ , बिज्डम चोक देखी दशिक्षण तर्फ हुदै बाणगगंगा माहुरी सहकारी जाने बाटो तथा कल्भर्ट निर्माण ,शुद्धोधन जनजिवन माबि वडा नं ९ ,साना किसान कृषि सहकारी संस्था हथौसा भवन निमार्ण गरि प्रत्येक आयोजनाका लागि १०/१० बजेट छ्ट्याईएको छ । यस्तै मूख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमाका लागि ७० लाख रकम बिनियोजन गरिएको छ। 
बुद्धभूमि नगरपालिका :
जिल्लाको अर्को पालिका बुद्धभूमि नगरपालिकालाई पनि प्रदेशबाट बित्त हस्तान्तरण तर्फका  १८ वटा आयोजना तथा कार्यक्रम छनौट भएका छन । जसअन्तगर्त समानिकरण अनुदान तर्फ ६० लाख ९५ हजार बजेट छ्याइएको छ । यस्तै साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान तर्फ १७ लाख ५० हजार ,कोभिड प्रभावित भई गाउ फर्किएका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदानका लागि २० लाख , एक स्थानिय तह एक उत्पादन कार्यक्रमका लागि १७ लाख ,कार्यक्रम कार्यान्वयनका लागि कृषि पशुपन्छी अधिकृत जनशक्ति सेवा करारका लागि ४ लाख र पालिका कोशेली घरका लागि १० लाख रकम छुटईएको  छ ।    यसैगरि राजु लम्सालको घरको दक्षिण देखी धईरेनी हुदै कृष्ण जिसीको घर सम्मको बाटो कालोपत्रे वडां ४ ,भृकुटी सामुदायिक सिकाई केन्द्रको अधुरो भवन निर्माण वडा नं ४ ,रैनगाई स्वास्थ्य चौकी बाउण्ड्रीवाल तथा माथिल्लो तलाको निर्माण वडा नं ३ ,थारु समुदायको लागि कृषि सामुदायिक भवन गोरुसिङगे , नेपाल राष्ट्रीय माबि वडा नं ५ का लागि गरि १०/१० लाख बजेट छुट्याईएको छ ।  यस्तै जनज्योति प्राबि बाउण्ड्री निर्माण वडा नं ८ ,गगनी गाउँदेखी बिजगौरी चोकसम्म र यसैबाटो देखी पूर्ब बिजगौरी गाउँ भित्रको मूला बाटो स्तरोन्नती ,कपिलवस्तु राष्ट्रिय माबि  चेतरादेई अधुरो भवन निर्माण वडा नं १० ,रामलक्ष्मण मन्दिर ताल सौन्दर्य संरक्षण वडा नं ५ ,दक्षिणटोल ट्यूबेल जल प्रबन्ध समिति जाने बाटो तथा कल्भर्ट निर्माण बक्टापुरका वडा न. ३ का गरि प्रत्येक आयोजनाका लागि पनि १०/१० लाख बजेट छ्ट्याईएको छ । यस्तै मूख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमाका लागि ७० लाख रकम बिनियोजन गरिएको छ ।
शिबराज नगरपालिका :
 शिबराज नगरपालिकालाई प्रदेशबाट बित्त हस्तान्तरण तर्फका  १६ वटा आयोजना तथा कार्यक्रम छनौट भएका छन । जसअन्तगर्त समानिकरण अनुदान तर्फ ६० लाख ९६ हजार बजेट छ्याइएको छ । यस्तै साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान तर्फ १७ लाख ५० हजार ,कोभिड प्रभावित भई गाउ फर्किएका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदानका लागि २० लाख , एक स्थानिय तह एक उत्पादन कार्यक्रमका लागि १७ लाख ,कार्यक्रम कार्यान्वयनका लागि कृषि पशुपन्छी अधिकृत जनशक्ति सेवा करारका लागि ४ लाख र पालिका कोशेली घरका लागि १० लाख रकम छुटईएको  छ  यस्तै फफुरी स्कुल अघि कर्भडहल निर्माणका लागि ३० लाख र नेपाल आदर्श बहुमुखी क्याम्पस पूर्बाधार बिकास वडा नं १ , लक्ष्मी तरकारी महिला कृषक समूह सिचाई पूर्बाधार वडा नं ३ , बाल शिक्षा माबिको अधूरो भवन कम्पाण्ड वाल र फर्निचर निर्माण वडा नं २ ,राष्ट्रिय आधारभूत बिद्यालयको कक्षाकोठा निर्माण , कम्पाण्ड वाल मर्मत र रंगरोगनकाका लागि पनि १०÷१० लाख बजेट छ्ट्याईएको छ । यसैगरि सिद्धार्थ निमाबि खैरीको अधुरो कम्पाउण्ड वाल निर्माण ,ज्ञानज्योति प्रा.बि सुन्दरपुरको कम्पाउण्ड वाल निर्माण ,लक्ष्मी टोल नाली र सडक स्तरोन्नती र फफूरी स्कुल अगाडि सामुदायिक भन निर्माणका लागि पनि १०/१० लाख बजेट रकम बिनियोजन गरिएको छ । यस्तै मूख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमाका लागि ७० लाख रकम बिनियोजन गरिएको छ ।
कपिलवस्तु नगरपालिका :  कपिलवस्तुको अर्को पालिका कपिलवस्तु नगरपालिकामा प्रदेशबाट बित्त हस्तान्तरण तर्फका  १९ वटा आयोजना तथा कार्यक्रम छनौट भएका छन । जसअन्तगर्त समानिकरण अनुदान तर्फ ६२ लाख ९१ हजार बजेट छ्याइएको छ । यस्तै साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान तर्फ १७ लाख ५० हजार ,कोभिड प्रभावित भई गाउँ फर्किएका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदानका लागि २० लाख , एक स्थानिय तह एक उत्पादन कार्यक्रमका लागि १७ लाख ,कार्यक्रम कार्यान्वयनका लागि कृषि पशुपन्छी अधिकृत जनशक्ति सेवा करारका लागि ४ लाख र पालिका कोशेली घरका लागि १० लाख रकम छुटईएको  छ ।   यस्तै बाल मन्दिर तौलिहवामा निर्माण तथा सुधारका लागि २० लाख रकम बिनियोजना भएको छ । यसैगरि सितलाबक्स माबि रेहरमा भौतिक पूर्बाधार निर्माण वडा नं ११ ,मदरसा पिथबल अलुम असलसफिया भौतिक पूर्बाधार वडा नं ११ ,ठूलो सेडवा नहरको पुलदेखी मुल बाटो शान्ति  गडरियोको घर सम्म आर सिसि ढलान वडा नं ३ , महादेब प्राबि दलदलहा भौतिक निर्माण वडा नं ५ ,आधारभूत बिद्यालय पिपरी भौतिक निर्माण वडा नं ४ का लागि १०/१० लाख बजेट आएको छ ।   यसैगरि तौलेश्वारनाथ संस्कृत माध्यमिक बिद्यालयको अधुरो भवन निर्माण वडा नं २ ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको अधुरो भवन  निर्माण वडा नं २ , कपिलवस्तु बहुमुखी क्याम्पसमा भवन निर्माण कार्य वडा नं ३ , बरगदवा स्वास्थ्य चौकी निर्माणका वडा नं ७ ,रमतुल्हा सागरमा बाल बिकासका लागि वाल निर्माण र पश्चिम डिह बरगदवा देखी पूर्ब बरगदवा  हुदै हरिहरपुर सम्म पिसिसि निर्माण वडा नं ७ गरि प्रत्येक आयोजनाका लागि बजेट बिनियोजना भएको छ । यस्तै मूख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमाका लागि ७० लाख रकम बिनियोजन गरिएको छ ।
महाराजगञ्ज नगरपालिका : कपिलवस्तुको अर्को पालिका महाराजगञ्ज नगरपालिकामा प्रदेशबाट बित्त हस्तान्तरण तर्फका  १८ वटा आयोजना तथा कार्यक्रम छनौट भएका छन । जसअन्तगर्त समानिकरण अनुदान तर्फ ५७ लाख २ हजार बजेट छ्याइएको छ । यस्तै साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान तर्फ १७ लाख ५० हजार ,कोभिड प्रभावित भई गाउ फर्किएका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदानका लागि २० लाख , एक स्थानिय तह एक उत्पादन कार्यक्रमका लागि १७ लाख ,कार्यक्रम कार्यान्वयनका लागि कृषि पशुपन्छी अधिकृत जनशक्ति सेवा करारका लागि ४ लाख र पालिका कोशेली घरका लागि १० लाख रकम छुटईएको  छ ।  यस्तै श्री माबि सानो बुटनिया कक्षा कोठा निर्माण तथा पूर्बाधार निर्माण वडा नं ६ ,श्री रामजानकी प्राबि लेँगडा ,गंगौडा अधुरो कम्पाउण्ड  वाल निर्माण वडा नं ६ , फुलहरा बाबा क्याम्पस सञ्चालन लागि वडा नं १ ,कृषि सिँचाई पोखरी सुन्दरीकरण तथा सटर वडा नं १ ,श्री काली मन्दिर निर्माण वडा नं२ ,दुर्गा भवानी कन्या माबि सञ्चालनका लागि वडा नं १, सिद्धार्थ माबि कर्लैया बाउण्ड्री निर्माण वडा नं १० ,शंखरपुर देखी सहदुल्लाह शाह बायाको माजरसम्मको कालोपत्रे वडा नं ११ ,पिपरी मुस्मिल समुदायको कवरीस्तान बाउण्ड्री वाल निर्माण वडा नं १ , बरगढीघाट दाहसंस्कार गर्ने भवन वडा नं २ र स्यालो ट्युववेल तथा हैडपम्प जडानका लागि गरि प्रत्येक आयोजना लागि १०÷१० लाख बजेट बिनियोजना भएको छ । यस्तै मूख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमाका लागि ७० लाख रकम बिनियोजन गरिएको छ ।
कृष्णनगर नगरपालिका : कृष्णनगर नगरपालिकालाई प्रदेशबाट बित्त हस्तान्तरण तर्फका १५ वटा आयोजना तथा कार्यक्रम छनौट भएका छन । जसअन्तगर्त समानिकरण अनुदान तर्फ ५८ लाख ८६ हजार बजेट छ्याइएको छ । यस्तै साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान तर्फ १७ लाख ५० हजार ,कोभिड प्रभावित भई गाउ फर्किएका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदानका लागि २० लाख , एक स्थानिय तह एक उत्पादन कार्यक्रमका लागि १७ लाख ,कार्यक्रम कार्यान्वयनका लागि कृषि पशुपन्छी अधिकृत जनशक्ति सेवा करारका लागि ४ लाख र पालिका कोशेली घरका लागि १० लाख रकम छुटईएको  छ ।      यसैगरि भिल्मी गाउँ उत्तरमा सिँचाईका लागि डिम बोरिङग वडा नं ६ का लागि ३० लाख ,डिप ट्यूवलेल निर्माण वडा नं १ का लागि २० लाख  र पोखरी सुन्दरीकरण समेरा वडा नं १ ,श्री समयमाई मन्दिर जिर्णेद्धार डवरा वडा नं ५ ,स्यालो टयूवेल त्रिलोकपुर वगही वडा नं ५ ,कालिमाई मनिन्दरमा सामुदायिक भवन निर्माण वडा नं ४ ,पोखरी सुन्दरीकरण डवरा वडा नं ५ का लागि गरि प्रत्येक आयोजनालाई १०/१० लाख बजेट आएको छ । यसैरि मूख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमका लागि ७० लाख रकम बिनियोजन गरिएको छ ।
मायादेबी गाउँपालिका :    यता कपिलवस्तुका ४ गाउपालिका अन्तर्गत मायादेबी गाउपालिकालाई प्रदेशबाट बित्त हस्तान्तरण तर्फका  १५ वटा आयोजना तथा कार्यक्रम छनौट भएका छन । जसअन्तगर्त समानिकरण अनुदान तर्फ ५६ लाख ६४ हजार बजेट छ्याइएको छ । यस्तै साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान तर्फ १७ लाख ५० हजार ,कोभिड प्रभावित भई गाउ फर्किएका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदानका लागि २० लाख , एक स्थानिय तह एक उत्पादन कार्यक्रमका लागि १७ लाख ,कार्यक्रम कार्यान्वयनका लागि कृषि पशुपन्छी अधिकृत जनशक्ति सेवा करारका लागि ४ लाख र पालिका कोशेली घरका लागि १० लाख रकम छुटईएको  छ ।    यसैगरि सानो पिपरी स्वास्थ्य चौकी एम्बुलेन्स खरिद वडा नं ४ , बोरिङग पम्पसेट , पिचुर्खी अधुरो बाल भवन र बाउण्ड्री वाल निर्माण वडा नं १ , श्री आकाश कृषि सहकारी संस्था लिमिटेड कृषि तथा पशुपन्छी वडा नं ७ , श्री राष्ट्रिय माबि जिगनिहवा भवन निर्माण मर्मत वडा नं ८ ,सिसवा डुमरा बाध निर्माण वडा नं ६ ,श्री चन्द्र प्रकाश स्मृति सार्बजानिक शैक्षिक गुठी सिसनिया भवनमा निर्माण वडा नं ५ र बिचौवापुर कुलो देखी बहरबासिया भूनेश्वर माबि सम्म जाने बाटो निर्माण वडा नं ३ का गरि प्रत्यके आयोजनाका लागि १०/१० लाख बजेट बिनियोजन भएको छ । यसैरि मूख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमका लागि ६० लाख रकम बिनियोजन गरिएको छ ।
यशोधरा गाउपालिका : कपिलवस्तुको अर्को गाउपालिका अन्तर्गत रहेको यशोधरा गाउपालिकालाई प्रदेशबाट बित्त हस्तान्तरण तर्फका  १५ वटा आयोजना तथा कार्यक्रम छनौट भएका छन । जसअन्तगर्त समानिकरण अनुदान तर्फ ५४ लाख ७७ हजार बजेट छ्याइएको छ । यस्तै साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान तर्फ १७ लाख ५० हजार ,कोभिड प्रभावित भई गाउ फर्किएका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदानका लागि २० लाख , एक स्थानिय तह एक उत्पादन कार्यक्रमका लागि १७ लाख ,कार्यक्रम कार्यान्वयनका लागि कृषि पशुपन्छी अधिकृत जनशक्ति सेवा करारका लागि ४ लाख र पालिका कोशेली घरका लागि १० लाख रकम छुटईएको  छ ।  यसैगरि सिद्धार्थ प्राबि ईटवा भौतिक निर्माण वडा नं ७ ,श्री कृष्ण धार्मिक माबि पश्चिम बसन्तपुर भौतिक निर्माण वडा नं ३,बच्चालाल आधारभूत प्राबि मर्यादपुर वडा नं७ ,पूर्ब भडेहर मदरसा निरुल उलुम अहिले सुन्नत भौतिक निर्माण वडा नं २ ,श्री गौतम आधारभूत बिद्यालय सुल्तनवापुर भौतिक निर्माण वडा नं ७ ,खोरियामा स्यालो टयूवेल वडा नं ८ ,सिहोखोरका लागि सोलार डिप बोरिङग वडा नं ८ र पकडी गाँउदेखी दरखसया बाटोसम्म पिपिसि निर्माण वडा नं १ गरि प्रत्येक आयोजनाका लागि १०/१० लाख बजेट बिनियोजन भएको छ । यसैरि मूख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमका लागि ६० लाख रकम बिनियोजन गरिएको छ ।
बिजयनगर गाउपालिका :    बिजयनगर गाउपालिकालाई प्रदेशबाट बित्त हस्तान्तरण तर्फका  १५ वटा आयोजना तथा कार्यक्रम छनौट भएका छन । जसअन्तगर्त समानिकरण अनुदान तर्फ ५४ लाख ९० हजार बजेट छ्याइएको छ । यस्तै साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान तर्फ १७ लाख ५० हजार ,कोभिड प्रभावित भई गाउ फर्किएका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदानका लागि २० लाख , एक स्थानिय तह एक उत्पादन कार्यक्रमका लागि १७ लाख ,कार्यक्रम कार्यान्वयनका लागि कृषि पशुपन्छी अधिकृत जनशक्ति सेवा करारका लागि ४ लाख र पालिका कोशेली घरका लागि १० लाख रकम छुटईएको  छ ।   यसैगरि आयोजना अन्तर्गत नागयरुता आधारभूत बिद्यालय कम्वाउण्ड वाल र फर्निचर वडा नं ५ ,श्री शिब मन्दिर जीर्णेद्धार कटुवा वडा नं ५ ,स्यालो टयूवेल महुवादुधार वडा नं २ ,श्री दुर्गा मन्दिर जीर्णद्धार दिपेन्द्रनगर वडा नं ३ स्यालो टयूवेल डगडई वडा नं ३ ,स्यालो टयूवेल बरगदवा डगडउवा वडा नं ४ गरि प्रत्येक आयोजनाका लागि १०/१० लाख बजेट बिनियोजन भएको छ । यसैरि मूख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमका लागि ६० लाख रकम बिनियोजन गरिएको छ ।
शुद्धोधन गाउपालिका :  कपिलवस्तुको अर्को गाउपालिका अन्तर्गत रहेको शुद्धोधन गाउपालिकालाई प्रदेशबाट बित्त हस्तान्तरण तर्फका  १५ वटा आयोजना तथा कार्यक्रम छनौट भएका छन । जसअन्तगर्त समानिकरण अनुदान तर्फ ५६ लाख ६४ हजार बजेट छ्याइएको छ । यस्तै साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान तर्फ १७ लाख ५० हजार ,कोभिड प्रभावित भई गाउ फर्किएका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदानका लागि २० लाख , एक स्थानिय तह एक उत्पादन कार्यक्रमका लागि १७ लाख ,कार्यक्रम कार्यान्वयनका लागि कृषि पशुपन्छी अधिकृत जनशक्ति सेवा करारका लागि ४ लाख र पालिका कोशेली घरका लागि १० लाख रकम छुटईएको  छ ।   यस्तै हथिहवा उपस्वास्थ्य चौकी ल्याव स्थापना वडा नं ५ ,माबि श्रीनगर धातुर गढ भवन मर्मत वडा नं २ ,सत्यकुमारी आधारभूत निमाबि भवन निर्माण ,मर्मत ,बाउण्ड्रीवाल वडा नं ५ ,आयुर्वेद अस्पताल मुडफुटया बिठुवा ४ भवन निर्माण बाउण्ड्री वाल निर्माण वडा नं ४ , दुर्गा मन्दिर फुलवार बडकीमाई मन्दिर गनबरिया ,रामजानकी मन्दिर शिवहलबा रंगरोगन तथा मर्मत वडा नं ५ , कल्भर्ट निर्माण गढि वडा नं १ ,खानेपानी योजना वडा नं १ र बिमिहा देखी गौरा जाने बाटो वडा नं ६ गरि प्रत्येक आयोजनाका लागि १०/१० लाख बजेट बिनियोजन भएको छ । यसैरि मूख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमका लागि ६० लाख रकम बिनियोजन गरिएको छ ।

साभार प्रेसपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation