‘गाडीमा खिया लाग्यो, मजदुर भोकै छन्, अब बैंकलाई चाबी बुझाउँछौं’

असार १७, २०७७

काठमाडौं : सरकारले असार १ देखि लकडाउन खुकुलो गरेसँगै उपत्यकालगायत मुलुकका मुख्य सहरका पसल खुलेका छन्। निजी सवारीसाधनमा निर्वाधरुपमा ओहोरदोहोर गरिरहेका छन्। मुलुकभरका सडकमा सार्वजनिक यातायात बाहेकका निजी तथा सवारी पास भएका सवारीसाधन निर्वाधरुपमा सञ्चालन भइरहेका छन्। सरकारले पछिल्लोपटक साउन ७ गतेसम्म लकडाउनको समयावधि थपेपछि सार्वजनिक यातायातमा अझ बढी अन्योल थपिँदै गएको छ। सरकारले सार्वजनिक सवारी सञ्चालनको निर्देशिका बनाउने तयारी गरिसकेको छ। व्यवसायी भने सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने वातावरण बनाएमा सञ्चालन गर्ने र निर्देशिका बनाएर मात्र सवारीसाधन चलाउन नसक्ने अवस्थामा नरहेको बताउँछन्।

थाहा खबर साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation