प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन नहुने भन्दै प्रदर्शन

असार १८,२०७७

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने भन्दै काठमाडौंमा युवाहरूले प्रदर्शन गरेका छन्। ‘जय महाकाल’ लेखिएको टि(सर्ट लगाएका युवाहरूले ओलीलाई नै प्रधानमन्त्रीमा टिकाइराख्न दबाव दिनुपर्ने बताए।प्रदर्शनको नेतृत्व गरेका जय महाकाल युवा समूहका अध्यक्ष लिलानाथ भण्डारी अर्जुनले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने बताए।‘केपी ओलीलाई अहिले निकाल्ने भरै निकाल्ने ?’ उनले भने, ‘हामी सबै युवा मिलेर उहाँलाई प्रधानमन्त्रीमा टिकाऔं। कुनै कमजोरी होला त्यसलाई युवाले सुधारेर जानुपर्‍यो  ।

     ’स्वतन्त्र रूपमा भेला भएको भनिएको उक्त प्रदर्शनमा युवाहरूले प्रधानमन्त्री ओलीका पक्षमा बोलेका थिए।कोरोना महामारीमा देश लडिरहेका बेला सरकारविरूद्ध आन्दोलन गर्न नहुने उनीहरूको भनाइ छ।‘अहिले सरकारविरूद्ध मानिसहरू लागिरहेका छन्। केपी ओलीको पक्षमा साथीहरू उत्रिनुभएको छ,’ कार्यक्रममा एक युवाले भने, ‘ओलीलाई नै प्रधानमन्त्रीमा टिकाऔं। नराम्रो केही गर्नुभएको भए उहाँलाई सच्चिन दिऔं।’ओलीको सरकार ढालेर अर्कोलाई प्रधानमन्त्री बनाएर देशका समस्या समाधान नहुने ती युवाले बताए।

     युवाहरूले सरकार ढाल्न पाइँदैन, हाम्रो समर्थन ओलीलाई जस्ता नारा लगाउँदै प्रदर्शन पनि गरे।उनीहरूले नेपालको नक्सा, झन्डा र केपी ओलीको फोटो समावेश भएको ब्यानरमा देशको मुहार हाम्रो भविष्य, हाम्रो सरकार लेखेर प्रदर्शन गरेका हुन्।

प्रेसपाटी साभार खबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation