खर्च सार्बजनिक गर्न माग गर्दै युवाहरुद्धारा वडा कार्यालयमा प्रद्धर्शन

लवनी- कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा वडा कार्यालयले सम्पन्न गरेका योजनाहरुको बजेट र खर्च सार्बजनिक गर्न माग गर्दै युवाहरुले वडा कार्यालय बाहिर प्रदर्शन गरेका छन् ।
शुद्धोधन गाउँपालिका वार्ड २ का युवाहरुले पालिकाले आ.व. ०७६/७७ मा वडा कार्यलयबाट संचालित योजनाहरु बजेट र खर्च अपारदर्शी भएको भन्दै बिनियोजित बजेट, खर्च भएको रकम र योजनाहरुको विवरण सार्बजनिक गर्न माग गर्दै आइतबार वडा न‌‍‍. २ काे वडा कार्यालय अगाडी प्रद्धर्शन गरेका हुन् ।


कोरोना महामारीको समयमा वडा कार्यालय र गाउँपालिकाले बिभिन्न योजनाहरुको बजेट रकमान्तर गरेर क्वारेन्टाईन व्यवस्थापन लगायतमा खर्च गरेको तर उक्त बारेमा सूचना माग गर्दा पालिका र वडाले सूचना उपलब्ध नगराएको युवा पृथ्वीराज चौधरीले आरोप लगाउनु भएको छ । उहाँले वडाले कोरोनाको नाममा लाखौ रकम खर्च गरेको सुनिएता पनि सो बमोजिम कुनै कार्य नभएको, राहात वितरणमा अनियमितता भएको आरोप लगाएका छन् । सो बारेमा आफुहरुले पटक पटक सूचना माग्दा सूचना उपलब्ध नगराए पछि बाध्य भएर आन्दोलन गर्नु परेको चौधरीले बताए ।


वडा अध्यक्ष योजनाहरु संचालन गर्ने क्रममा गुप चुपमा आफ्ना निकटहरुलाई राखेर उपभोक्ता समिति गठन योजनाहरु संचालन गरेर भष्ट्राचार गरेको युवाहरुले आरोप लगाएका छन् ।
यता वडा नं. २ वडा अध्यक्ष मनोज कुमार यादवले भने क्वारेन्टाईन बसेकाहरुलाई खाना खुवाईएको सोही बमोजिम भुक्तानी समेत गरिएको जानकारि दिनु भएको छ । सो को सम्पुर्ण सूचना गाउँपालिकाको लेखामा रहेको बताउनु भयो । बिपक्षीहरुले अन्य कुनै पनि मुद्धा नपाए पछि युवाहरुलाई परिचालन गरि आफु बिरुद्ध परिचालन गरेको अध्यक्ष यादवले आरोप लगाउनु भयो । युवाहरुको प्रदर्शनमा राजनैतिक प्रतिसोध भएको त्यसतो कुनै प्रकारको अनियमितता नभएको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation