उपत्यका प्रवेश गर्ने नाकाबाट परीक्षण गर्दा २४ जनालाई देखियो कोरोना

काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट परीक्षण गरिएकामध्ये २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।’संकलन भएको नमूनामध्ये झन्डै ३ हजार ४ सयको परीक्षण गर्दा २४ जनामा संक्रमण पोजेटिभ देखिएको छ,’ उनले भने।तीन वटा नाकामध्ये संक्रमित संख्याको प्रतिशत बढी फर्पिङ र साँगा नाकाको रहेको प्रवक्ता गौतमले जनाए।पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि मन्त्रालयले मुख्य प्रवेश विन्दुबाट १० हजार जनाको परीक्षण गर्ने भनेको छ।जस अनुसार ८ हजार ५ सय स्वाब संकलन गरिसकिएको छ। त्यहीमध्ये झन्डै साढे ३ हजारको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।अझै धेरै नमूना परीक्षण गर्न बाँकी रहेकाले यो संख्या बढ्ने देखिन्छ। #सेतो पाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation