कपिलवस्तु नगरपालिकाले कोरोना संक्रमित बिपन्न परिवारको उपचार खर्चको आधा रकम बेह्राेने

ताैलिहवा- कपिलवस्तु नगरपालिकाले कोरोना संक्रमित हुने दलित, मुस्लिम, जनजाति, गरिब र बिपन्न परिवारकाे अस्पतालमा उपचारका लागि प्रेप्क्रिप्सनको आधारमा बील खर्चको आधा रकम उपलब्ध गराउने भएको छ ।
संक्रमित भई कपिलवस्तु अस्पतालमा उपचार नभई नेपाल भित्र रहेका अन्य अस्पतालमा रिफर भई उपचार गर्नु परेमा बिल अनुसारको आधा रकम नगरपालिकाले दिने निर्णय भएको हो । नगरकार्यपालिकाकाे बैठकले गरिब र बिपन्न परिवारलाई उपचारमा सहजताका लागि सो निर्णय गरिएको कपिलस्तु नगरपालिका मेयर किरण सिहले बताउनु भयाे । ‘अहिले ताैलिहवामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको, यस्तोमा संक्रमित भएका बिपन्न परिवारलाई उपचारमा सहजताकाे हामीले यो निर्णय गरेका हौ ’ उहाँले भन्नु भयाे । उता कोरोनाको संक्रमण भयावह भए पछि नगरपालिकामा कार्यरत जनप्रतिनिधि, स्थायी, अस्थायी र करार कर्मचारीहरुको कारोना बिमा गर्ने र त्यसकालागि लाग्ने रकम नगरपालिकाले तिर्ने समेत निर्णय गरिएको छ । यस्तै खुट्टा भाचिएर उपचार गराएकी संचारकर्मी सोना खटिकलाई उपचार खर्च बापत १० हजार सहयोग गर्ने समेत निणय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation