निषेधाज्ञा खुलेसँगै बढ्यो सुनको भाउ

काठमाडौं, २ असोज । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुलेसँगै सुनको भाउ बढ्न थालेको छ ।

बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation