हैदराबादविरुद्ध ब्याटिङ गर्दै बेङ्ग्लोर

काठमाडौं। यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादविरुद्ध पहिले ब्याटिङको निम्तो पाएको छ।
हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिले फिल्डिङ रोजेसँगै बेङ्ग्लोरले पहिलो ब्याटिङ गर्नु परेको हो।
शनिबारदेखि सुरु भएको लिगको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो। त्यस्तै हिजो भएको खेलमा दिल्ली क्यापिटल्ससँग किङ्ग्स इलेभेन पञ्जाब सुपर ओभरमा पराजित भएको थियो।
पहिलो ओभरको समाप्तीमा बेङ्ग्लोरले कुनै पनि विकेट नगुमाई २ रन जोडेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation