कपिलवस्तुमा मौषमी बजार अनुगमन शुरु

 

कपिलवस्तुमा मौषमी बजार अनुगमन शुरु भएको छ । दशै र तिहार नजिक आउँदै गर्दा कपिलबस्तुको तौलिहवामा बजारमा अनुगमन गरिएको हो।
अनुगमन गर्दा तौलिहवाका बिभिन्न पसलमा मुल्य सुची नरहेको , तौल मेसिन उपयुक्त नरहेका , सरसफाईमा ध्यान नदिएको र उपभोग्य मिती सकिएको सामग्री बेच्च राखिएको पाईएको थियो ।
त्यस्तै मासु पसलमा बिक्री अयोग्य खसी बिकाको मासु बेच्ने गरेको पाईएको थियो । कमीकमजोरी पाईएका पसल र व्यवसाथी चेतावनी दिईएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।
मिती सकियोको बस्तुलाई नष्ट गरेको सहायाक नेपालीले बताउनु भयो साथै कपिलबस्तु प्रशासनले ५ दिनको समय दिइ सुधार नभए कानून बमोजिम साजाय दिने नेपालीले बताउनुभयो ।
अनुगमन गर्ने क्रममा घरेलुका प्रुमुख कालीदास बस्नेत , तौलिहवा चेमर्स अफ क्मर्सको अध्यक्ष गोपी शर्मा र तौलिहवा उघोग बाणिज्य संघका ब्यक्तिहरुको उपस्थिती जनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation