अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन जाने प्रदेश नम्बर ५ का डोरीतान खेलाडीलाई बुद्धभुमी नगर पालिकाद्धारा सम्मान एवं बिदाई

बुद्धभूमी संवाददाता, फागुन २२
सुनसरीको दुबहीमा फागुन २२ द्खि २४ गते सम्म हुने दोश्रो मनमोहन अन्तराष्ट्रिय डोरीतान गोल्ड कप च्याम्पेनसिपमा सहभागी हुन जाने प्रदेश नम्बर ५ का खेलाडीलाई कपिलवस्तुको बुद्धभुमी नगरपालिकाद्वारा सम्मान एवं बिदाई गरिएको छ ।

खोडीहरुको हौसला बढाउन जिल्ला डोरीतान संघको अगुवाई र नगरपालिकाको समन्वयमा नगरपालिकाको बुढढीमा नगर प्रमुख केशव कुमार श्रेष्ठले फुलमाला अबिर लगाई लगाई सम्मान गरेर बिदाई गरेका हुन । कार्यक्रममा प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई जर्सी समेत हस्तानतरण गरिएको थियो ।
सो अवसरमा नगर प्रमुख श्रेष्ठले खेलको अनुशानमा रहेर प्रतियोगीता जितेर प्रदेश र नगरपालिकाको ईज्जत राख्न आग्रह गरे । प्रदेश कै अगुवाई गर्न पाउनु ठुलो कुरा रहेको भन्दै उनले उच्च मनोबलका साथ खेलमा सरिक हुन अपील गरे ।

संघका केन्द्रिय सदस्य मीन प्रसाद बेल्बासेको अगुवाई र नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पवन कुमार चैधरीको अगुवाईमा खेलाडी र ब्यवस्थान सहीत ढेड दर्जनको टोली बुधवार नै दुबही पग्ने छन । सुनसरी र मोरङ डोरतिान संघ र मनमोहन स्पोट एकेडेमीको आयोजनामा हुने प्रतियोगीतामा भारतका ४, श्रीलंका १, थाईल्यान्ड १ र नेपालको बिभागि ३, प्रदेश ५ को १ टिम र आयोजक १ गरि गरी कुल ११ टिम सहभागी हुने छन । प्रतियोगीतामा प्रथम हुेनलाई एक लाख, द्धितीयलाई ५० हजार नगर, कप र मेडल प्रदान गरिने छ । खेलको टिममा ८ जना हुने र त्यसको कुल तौल ६ सय सय किलो राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation