मेस्सीको निर्णायक गोलसँगै अर्जेन्टिनाको विश्वकप छनोटमा विजयी सुरुवात

कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ।
गएराति भएको छनोटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले पराजित गरेको हो।खेलको १३ औं मिनेटमा पाएको पेनाल्टीलाइ सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए। इक्वेडरका पेभिस इस्टुनपियनले लुकास ओकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि अर्जेटिनाले पेनाल्टी पाएको थियो।छनोटकै अर्को खेलमा उरुग्वेले चिलीलाइ २–१ गोल अन्तरले पाखा लगायो। उरुग्वेका लागि लुइस सुआरेज र म्याक्सी गोमेजले गोल गरे। उरुग्वेको जितमा सुआरेजले ६० औं अन्तराष्ट्रिय गोल गरेका हुन्। यस्तै पाराग्वे र पेरुले २–२ को बराबरी गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation