पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० संक्रमित निको भए, ७३ हजार बढीले गरे स्वास्थ्यलाभ

 कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ८० जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६ सय ८० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ७३ हजार २३ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७२ दशमलव ५ प्रतिशत हो ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २७ हजार ५३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३ रहेको छ ।यस्तै होम आइसोलेसनमा रहनेको संख्या १५ हजार ८ सय ७७ रहेको छ भने संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना छन् ।पछिल्लो २४ घण्टामा देशभर १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ११ लाख ४५ हजार २ सय ३७ जनाको पीसीआर परीक्षण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation