अर्घाखाँची जिल्ला अस्पतालले बन्द गरेका सम्पुर्ण आफ्ना सेवाहरु भोलि देखि सुचारु गर्ने

आज जिल्ला अस्पताल अर्घाखाँचीका ४८ जना स्वास्थ्य कर्मीमा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आए लगतै आज साँझ देखि बन्द गरिएका सेवाहरु सुचारु हुने भएका छन्।
असोज १९ गते सोमबार जिल्ला अस्पतालका २२ जना स्वास्थकर्मीको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ प्रयोगशालमा पठाईएको प्राप्त रिपोर्ट अनुसार अस्पतालका पाँच जना डाक्टर र १३ जना नर्समा कोरोना पुष्टि भए लगत्तै आकास्मिक सेवा बाहेकका अस्पतालका अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको थियो।
अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गाैतम सहित अस्पतालका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी हरुको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आज साँझ देखि आकास्मिक सेवा र प्रसुती सेवा सुचारु हुनेछन भने भोलि देखि (OPD ) सेवाहरु सुचारु हुने अस्पतालका प्रमुख ड़ा कपिल गौतमले जानकारी दिनु भएको छ।
अर्घाखाँची पनि कोभिड – १९ को उच्च जोखिममा रहेको छ।
अर्घाखाँची जिल्ला पनि ५ सय भन्दा धेरै शक्रिय संक्रमित हुने जिल्लाको सुचीको नजिकै पुगेको छ ,शहर देखि समुदाय स्तरमा कोरोनाले भयावह रुप लिंदै गएको छ तर सम्बन्धीत निकायले कोरोना रोकथामका लागि कुनै गम्भीर चाँसो न-देखाएको जन गुनासो आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation