अर्घाखाँची जिल्लामा आज १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
असोज २२ गते बिहिबार ६३ जनाको स्वाब संकलन गरी परिक्षणका लागि भैरहवा प्रयोगशालामा पठाईएको थियो। उक्त स्वाब परिक्षणको आज भएको प्राप्त रिपोर्ट अनुसार ६३ जना मध्ये ६२ जनाको रिपोर्ट नेगेटिभ आएको र १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जन स्वास्थ्य निरिक्षक गणेश पौडेलले जानकारी दिनु भएको छ।
अर्घाखाँची बुलेटिन लाइ भएको प्राप्त जानकारी अनुसार अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गाैतम सहित अस्पतालका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी (परिवार समेत )४८ जनाकाे रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ।
कोरोना परिक्षणमा नेगेटिभ आउँने अन्य १४ जना भने समुदाय स्तरका रहेको बुझिएको छ।
अर्घाखाँची पनि कोभिड – १९ को उच्च जोखिममा रहेको छ।
अर्घाखाँची जिल्ला पनि ५ सय भन्दा धेरै शक्रिय संक्रमित हुने जिल्लाको सुचीको नजिकै पुगेको छ ,शहर देखि समुदाय स्तरमा कोरोनाले भयावह रुप लिंदै गएको छ तर सम्बन्धीत निकायले कोरोना रोकथामका लागि कुनै गम्भीर चाँसो न-देखाएको जन गुनासो आएको छ।











