प्रतिनिधिसभा सदस्य तथा पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीद्वारा सन्धिखर्क नगरपालिका वडा नं -७ खांचिको भुजुङ्गे पहिरो पीडित १० घरपरिवारलाइ लाई टेण्ट बितरण गरिएको थियो।
बिष्णु प्रसाद भुसालको अध्यक्षता र पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आथित्यमा आज एक कार्यक्रमको आयोजना गरि पहिरो पिडित् दश घर परिवारका लागि टेण्ट उपलब्ध गराइएको हो।
टेन्ट वितरण गर्ने कार्यक्रममा अर्घाखाँची पोखरा समाजका अध्यक्ष लिल बहादुर बि सी थम्मन बहादुर केसी लगयातका ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रम तिर्थराज आचार्यको संचालनमा सम्पन्न भएको थियो।