लगातार चाैथो हारपछि राजस्थानलाई राहत, हैदरावादलाई ५ विकेटले हरायो

दुबईमा जारी आइपिएलको २५ औं मा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले हराएको छ। टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा मात्र १ सय ५८ रन बनाउन सक्यो। हैदरावादका डेविड वार्नरले ३८ बलमा ४८ रन बनाएका थिए भने अर्का ब्याटसम्यान जोन बोरिस्टले १९ बलमा केवल १६ रन मात्र बनाउन सके।  हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ४४ बलमा ५४ रन बनाएका थिए। उनले यस क्रममा ३ छक्का र २ चौका हिर्काएका थिए। त्यस्तै केन विलियम्सनले‍ नट आउट २२ रन बनाए भने प्रियम गर्गले रन आउट हुनुअघि ८ बलमा केवल १५ रन बनाएका थिए।  १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले १ बल बाँकी छँदा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो।  राजस्थानका राहुल तेवटियाले सर्वाधिक रन आउट ४५ रन बनाए भने रियान परागले ४२ रनको योगदान दिए। सन्जु स्यामसनले २६ तथा रविन उथप्पाले १८ रन बनाए। ओपनर जस बट्लरले १६ रन बनाए। अन्य ब्याटसम्यानले दोहोरो अंक भने बनाउन सकेनन्।  हैदरावादका रासिद खानले ४ ओभर खेल्दै २५ रन मात्र दिएर २ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। त्यस्तै खलिल अहमदले ३.५ ओभरमा ३७ रन दिएर २ विकेट लिएका थिए। त्यस्तै राजस्थानका थांगारसुन नटराजनले एक मेडन राख्दै ४ ओभरमा ३२ रन दिएका थिए।  हारसँगै हैदरावाद तालिकाको पाँचौं स्थानमा छ भने राजस्थान छैटौं स्थानमा छ। दुवै टोलीले जारी आइपिएलमा ७–७ खेल खेलिसकेका छन्। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation