कपिलवस्तुका पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना

सुशील गैरे, कोरोना भाइरस (कोभिड–१९) तीव्र रुपमा बढिरहेकाे अवस्थामा चाडपर्व निजकिँदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दुर्घटना न्यूनीकरण तथा यात्रुहरुको सेवा सुविधाका लागि कपिलवस्तुका पाच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक दिलिप क्षेत्रीले कपिलवस्तुको कृष्णनगर चन्द्रौटा गोरुसिंगे तौलिहवा पिपरा गरी पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताए।

उनले यात्रुहरूको चापलाई व्यवस्थित गर्न, भाडा असुली र सार्वजनिक यातायातका सवारीहरूमा यात्रुहरुलाई हुन सक्ने हैरानी लगायतका समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको बताए।यात्रुहरूका कुनै समस्या वा जिज्ञासा भए नजिकै रहेको सहायता कक्षमा सम्पर्क राख्न प्रहरी निरीक्षक क्षेत्रीले आग्रह गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation