अर्घाखाँचीमा कोरोनाबाट ७९ वर्षीय महिलाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४ वांगला निवासी एक वृद्ध महिलाको कोरोनाले सोमबार दिउँसो मृत्यु भएको छ। सन्धिखर्क ४ वांगलाको भण्डारी पोखरा निवासी ७९ वर्षीय वृद्ध महिलालाई श्वासप्रस्वासमा समस्या आएपछि सोमबार बिहान उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल लगिएको थियो। उनको उपचारकै क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको छ।
उपचारको सिलसिलामा गरिएको कोरोना परिक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो। काठमाडौंका बसोबास गर्ने उनको परिवार दशै मनाउन भन्दै दुई हप्ता अघि आफ्नो घरमा आएको स्थानीयले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation