बर्दघाट नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । 
सामान्य ज्वरो र रघाखोकी लागेपछि विगत केहिदिन देखी बस्याल घरमा बस्दै आउनुभएको थियो । बस्यालले आज बुटवलको नेश्नल प्याथल्यावमा स्वाव परिक्षण गरेको र कोरोना पोजेटिभ देखिएको बताए ।
उन अहिले होम आईसोलेसनमै रहनुभएको छ । बस्यालले पछिल्लो पटक आफुसंग सम्पर्कमा रहेका सवैलाई सचेत र सजग भैदिन आग्रह गरे ।
आफ्नो स्वास्थ्यमा कुनै अफ्ठेरो नभएको र छिट्टै कोरोना विरुद्ध जीत हासिल गरेर फेरी जनताको सेवामा फर्किने भन्दै नगरवासीलाई कत्तिपनी हतोत्साही नहुन आग्रह गरे । उनले कोरोनाको विषयमा  हेलचेक्रयाई नगर्न र सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation