कपिलवस्तुको विजयनगर गाँउपालिकाले ग्राभेल भन्दै सडकमा बालुवा हालेपछी स्थानिय निरास

कपिलवस्तुको विजयनगर गाँउपालिकाले ग्राभेल भन्दै सडकमा बालुवा हालेपछी स्थानिय निरास भएका छन । विजयनगर गाँउपालिका वडा नं ३ मैनारी महादेइया सडकमा मिस्कट हुनु पर्नैमा बालुवा हालिएको छ ।
सडक बन्ने भएपछी खुसी भएका मैनारी र महादेइयाका स्थानिय ग्राभेलको ठाउमा बालुवा देखेपछी एकाएक निरास भएका छन । सडकमा हिडने मोटरसाइकल, साइकलको पाङग्रा बालुवामा गडीएर आवत जावत गर्ने जो कोहीलाई सास्ती भोग्नु परेको छ ।
गाँउपालिकाले केही बर्ष पहिले मैनारी, महादेइया सडक खण्ड कालोपत्रे गर्न रकम विनियोजन गरेको थियो । ठेकेदारले लर्पाही गरी उक्त सडकमा कालोपत्रे नगरी अंशिक रुपमा ग्राभेल मात्र गरेको थियो ।कालोपत्रे हुनुपर्ने सडकमा ग्राभेल भएपछी अख्तीयार दुरुपयोग अनुसान्धन आयोगले उक्त सडकको निर्माण कार्य रोक्का गर्न गाँउपालिकलाई निर्देशन दिएको थियो । गाँउपालिकाले उक्त सडक निर्माण नगरी मैनारी गाँउको पश्चिम तर्फको सडक निर्माण गरेको थियो । गाँउपालिकाले उक्त सडक ५५ लाखमा कालोपत्रे गरेको खुल्नमा आएका छ ।
अहिले अख्तीयार दुरुपयोग अनुसान्धन आयोगले पुनं मैनारी महादेइया सडक खण्डको बाकी रहेको सडक मर्मत गर्न आदेश दिएको थियो । गाँउपालिकाले उक्त सडकमा ग्राभेल नहाली वालुवै, वालुवा मात्र राखेको छ ।विजयनगर महादेइयाका स्थानिय राम निवास पुरी भन्छनसडकमा हिडन समेत सकिदैन । पुरै बालुवा मात्र हालीएको छ । ”
यता विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सडकमा धेरै खल्डा खुल्डी भएकाले मिस्कट नपाएपछी मसिनो ढुङगा हालेको बताउनु भएको छ । सडकको ठेक्का भएको तर अंशिक बाकी रहेको सडकमा मसिनो ढुङगा हालीएको बताउनु भयो । उहाले भन्नु भयो “खोलानाला नखुलेको अवस्थामा मसिनो ढुङगा पाइयो त्यही हालेका छौ ।”
त्यस्तै विजयनगर गाँउपालिकाका इन्जीनियर राहुल राज पाण्डेले पनि उक्त सडकमा मसिनो ढुङगा हालेको दावी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation