कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेरको तयारी

कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्न लाग्नुभएको हो ।
स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी छ । चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई नयाँ मन्त्रीका रुपमा जिम्मेवारी दिने तयारी छ। 
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पनि सरकारबाट बाहिरिने सङ्केत गर्नुभएको छ  । उहाँले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । 
असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै विवाद बढेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation