दाउरा प्रहारबाट आमा घाइते, छोरा पक्राउ

आफ्नै आमालाई दाउरा प्रहार गरीे एक युवकले घाइते बनाएका छन् । ५० वर्षीया आमालाई दाउरा प्रहार गरी घाइते बनाएको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका–२ पिपलधाराका २१ वर्षीय बाबुराम थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
बाबुरामले आमालाई दाउरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation