वीर अस्पतालका डाक्टरहरुद्वारा सामुहिक राजीनामा

मुलुककाे जेठाे वीर अस्पतालका डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन्। अस्पतालका निर्देशकलाई पत्र लेख्दै अधिकृत तहका डाक्टरहरुले सामुहिक राजीनामा दिएका हुन्।  उनीहरुले २४ घण्टा काम गराएको, हप्तामा ९६ घण्टा काम गरेको र स्वास्थ्य सुरक्षा मापदण्डहरु उपलब्ध नहुदा राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेका छन्।
राजीनामा दिनेहरुमा डा. कौशलेन्द्र चौधरी, सुशोभित कार्की, महेश गिरी, नविन थापा, एलोना श्रेष्ठ, विशेष सिवाकोटी, कृति थापा, राकेश कुमार सिंह, सोभा थापा, कीर्ति गोपाल डंगोल लगाएतका रहेका छन्।
उनीहरुले निरन्तररुपमा माग प्रशासन समक्ष राख्दा पनि सुनुवाई नभएको, ज्यालादारी भनेर दशैं तिहार भत्ता नदिएको, तलव कट्टा गरेर दिएको र उपयुक्त स्रोत सामग्रीहरु उपलब्ध नगराएकोले राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेका छन्।
पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’
उनीहरुले अस्पताल प्रशासनले गरेको व्यवहारबाट कोभिड–१९ सँग लड्ने मनोबलमा पनि गिरावट आएको उल्लेख पत्रमा गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation