पुजारी हत्याका २ जना आरोपी पुर्पक्षका लागि जेल चलान

रौतहटको माधवनारायण नगरपालिका–२ खेसरैयामा पुजारी श्रीराम साहको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत रौतहटले बुधबार पुर्पक्षको  लागि कारागार चलानको आदेश गरेको छ ।
देवाही गोनाही नगरपालिका–१ करुनीयाका रामनरेश पटेल र जयनारायण राउत पटेललाई पुर्पक्षका लागि कारागार चलानको आदेश भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए ।गत भदौ १७ गते पक्राउ परेका दुवै उपर अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालय रौतहटमार्फत जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले दुवैलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश गरेको हो ।
हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीरामको गत भदौ ३ गते राति करिब ९ बजे पूजा गरेर खान बसेको बेला गोली हानी हत्या गरेका थिए । हत्यापछि पटेलद्वय फरार थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation