अर्घाखाँची अस्पतालका १७ जनामा कोरोना देखिएपछि इमर्जेन्सी र प्रसुति सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द हुने भएका छन्।
आज २ जना स्वास्थ्यकर्मीलाइ कोरोना संक्रमण पुष्टि भए संगै अस्पतालका ७ जना चिकित्सक र अन्य १० जना कर्मचारी गरि कुल १७ जनामा कोरोना लक्षण सहितको सक्रिय संक्रमित भेटीए पछि अर्को सुचना नआउन्जेल सम्मका लागि अर्घाखाँची अस्पतालका अत्यावश्यक सेवाहरु जस्तै इमर्जेन्सी र प्रसुति सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको अर्घाखाँची अस्पतालले एक सुचना जारि गरि जानकारी दिएको छ।