सुनको मूल्यमा वृद्धि, तोलामा ९७ हजार ७०० रुपैयाँ पुग्यो

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आइतबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १२७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation