रेड पाण्डाको छालासहित ६ जना पक्राउ

ललितपुरको ईमाडोलबाट प्रहरीले दुर्लभ रेड पाण्डाको छाला सहित ६ जनालाई पक्राउ गरेको छ ।महालक्ष्मी नगरपालिका–४ इमाडोल स्थित दिपक लिम्बुको घरमा रेड पाण्डाको छाला किनबेच गरिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४३ बर्षिय सुनिल गोले, २४ बर्षिय प्रकाश तामाङ, भोजपुरका ४१ बर्षिय सन बहादुर राई, खोटाङका १७ बर्षिय सोनाम राई, ताप्लेजुङका ३५ बर्षिय दिपक लिम्बु र सिन्धुलीका अम्बर बहादुर तामाङ छन् ।  
प्रहरीले उनीहरुको साथबाट ३ फिट ३ इन्च लम्बाई ९ फिट चौंडाई भएको रेड पाण्डाको छाला बरामद गरेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation