भक्तपुरबाट १२ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुर नगरपालिका २, कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ४० वर्षीय नवराज श्रेष्ठलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।