कपिलवस्तुको शिवराज नगरपालिकामा देउसी–भैलो खेल्न नपाइने

कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा शिवराज नगरपालिकामा देउसीभैलो खेल्न नपाइने भएको छ ।शिवराज गरपालिकाले एक सुचा जारी गर्दै यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने जनएको छ ।
नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै यो वर्षको तिहारमा देउसीभैलो कार्यक्रममा रोक लगाएको छ ।नगरपालिकाले सूचना जारी गर्दै कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि यनगर क्षेत्रभित्र देउसी भैलो खेल्न आउने बाहिर जाने–आउने कार्यले संक्रमण झनै बढने भन्दै यस्तो निर्णय गरेको हो ।
साथै शिवराज नगरपालिका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कार्तिक २४ गते देखि २८ गते सम्म शिवराज नगरपालिकाका र मातहतका वडा कार्यालयहरु वन्द गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation