मान्छे मार्ने चितुवालाई स्थानीयले मारे

डडेलधुरामा आक्रमण गरी किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारेका छन् ।बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महतको ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले टेलिफोन मार्फत जानकारी दिनुभयो ।चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको साउदले बताउनुभयो ।सोमवार घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरिक्षक राजेन्द्र चन्दको कमाण्डमा टोली खटिएको छ । टोलीले मुचुल्का उठाउने कार्य सकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताउनुभयो ।सोमबार घाँस काट्न सिमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका- १ मर्मागाड पुगेकी किशोरीको दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो ।आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation