दाङमा बन्दुक पड्काउँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बंगलाचुली गाउँपालिका ३ टाकुरेका ४१ वर्षीय भोजबहादुर घर्ती मगर रहेका छन् । उनको मंगलबार राति बन्दुक पड्काउँदा लागेर घटनास्थलमै ज्यान गएको हो । ३९ वर्षीय टोपबहादुर घर्तीले कालिज मार्न बन्दुक पड्काउदा भोजबहादुरलाई लागेको प्रहरीले जनाएको छ । प्रहरीले टोपबहादुरलाई बन्दुकसहित पक्राउ गरेर अनुसन्धान थालेको बताइएको छ ।